बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।तर दाऊद यरूशलेममा नै बसे।
Cross references
बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।
रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।
तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”
यसकारण बेनहददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।
बसन्त ऋतुमा, योअबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो वर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारैतिर छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विरूद्ध त्यसलाई ध्वंश नपारूञ्जेल सम्म लडे।
बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो! तपाईं हाम्रो सेनासँग जानु भएन! यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला? कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?
एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।
जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ।
त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ।