Home Bibles ☰ Books यर्मिया 48:27 · नेपाली बाइबल
यर्मिया 48:27 · नेपाली बाइबल

मोआब तिमीले इस्राएलको हाँसो उढायौ इस्राएललाई एउटा चोरका समूहले पकडे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ अनि इस्राएलभन्दा असल छु भनी बहाना गर्यौ।

Cross references

अय्यूब 16:4

तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।

भजनसंग्रह 44:13

तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो। तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।

भजनसंग्रह 79:4

हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।

हितोपदेश 24:17

शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।

यर्मिया 2:26

जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।

यर्मिया 18:16

तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।

विलाप 2:15

त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”

इजकिएल 25:8

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’

इजकिएल 26:2

“हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।”‘

इजकिएल 35:15

तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

इजकिएल 36:2

तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’

इजकिएल 36:4

यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्।

ओबदिया 1:12

तिमी आफ्नो भाइको विपत्तिमा, त्यो प्रति हाँस्यौ। तिमीले यसो गर्नुहुँदैन थियो। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। तिमीले त्यसो गर्नु हुँदैन थियो। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।

Interlinear

Choose Theme