फुर्तीला धाक्कहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लडने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
Cross references
बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्वमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे।
योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।
बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले आक्रमण गर्न सक्छन् अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन।
यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैं दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैं जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैं खान पाँउदैन, ज्ञानी मानिसले सधैं सम्पत्ति पाँउदैन; अनि विवेकशील मानिसले सधै प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आँउछ।
धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।
तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।
परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।
सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”
हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।