कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
Cross references
मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु।
त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।
यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।
यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।”
तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन।
तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”
मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।
परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।
जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं।
पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।
तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”
यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।
इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।
“अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरू सित धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनौला बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए।
तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे।
हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”
अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक अर्कालाई मारे।