धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।
Cross references
यसर्थ परमेश्वर द्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ, आदेश यहाँ छ, आदेश त्यहाँ छ।“सौ लासौ सौ लासौ,काव लाकाव काव लाकाव,जेईर शाम जेईर शाम”तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।
हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँडछौ। हामी ठोकिन्दै लडछौं मानौ यो रात हो हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लडछौं।
यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ” म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु। तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ। बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन् मित्रहरू र छिमेकीहरू मर्नेछन्।”
यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’
फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः
जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।
किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।
तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो।