Home Bibles ☰ Books यर्मिया 44:3 · नेपाली बाइबल
यर्मिया 44:3 · नेपाली बाइबल

ती ठाउँहरू ध्वंस गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो।

Cross references

व्यवस्था 13:6

“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।

व्यवस्था 29:25

उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।

व्यवस्था 29:26

तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे।

व्यवस्था 32:17

तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।

एज्रा 9:6

र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।

नहेम्याह 9:33

हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।

यर्मिया 2:17

यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याइरहनु हुँदै थियो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।

यर्मिया 4:17

तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।

यर्मिया 5:19

यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘

यर्मिया 5:29

के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”

यर्मिया 7:19

तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”

यर्मिया 9:12

के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?

यर्मिया 11:17

सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”

यर्मिया 16:10

“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’

यर्मिया 16:11

तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।

Interlinear

Choose Theme