सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ; “मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेषमा मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन।
Cross references
‘तिमीहरुले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ।
म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।
“जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूलेतिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने,
मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिस्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ।
तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।
म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।
तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।
तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”
“म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाडन बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।
“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”