परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए।
Cross references
हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’
नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए।
बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन तिमीहरूको प्रतिनिधित्व गर्न म आफै मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”
यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे।
इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।
तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।
योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए।