Cross references
तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई उपयोग गर्न सक्नु हुन्छ।”
राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”
ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।
तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक भोकै बस्नुपर्दैन।’
“यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु।
परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए।
ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।