यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो।
Cross references
तब सेनाका अधिकारीहरू अनि सबै मानिसहरू मिश्र भागे। कम्ती महत्वपूर्ण देखि बढी महत्वपूर्ण भएका प्रत्येक मानिसहरू भागे किनभने तिनीहरू बाबेलीहरूसित डराएका थिए।
जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”
यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।
तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँचो र विश्वासी साक्षी रहुन् हुन्छ। हामी जान्दछौ परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्।
‘यदि तिमीहरू साँचै यस देशमा बसथ्यौ भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दुखित छु।
तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्।