तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।
Cross references
दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढ्ढेर गए।
तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे।
एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौं महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्पामा गदल्याह सँगै सबै यहूदीहरू तथा बाबेलीहरूलाई मारे।
जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।
कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।
जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।
त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”