बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।
Cross references
नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए।
एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौं महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्पामा गदल्याह सँगै सबै यहूदीहरू तथा बाबेलीहरूलाई मारे।
तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।
परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”
तिमीहरूले मलाई सम्झना गरेनौ। तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ। यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ? कससँग डराएका थियौ? किन झूट बोल्यौ? हेर, म लामो समयदेखि चुपचाप छु अनि तिमीहरूले मलाई सम्मान गरेनौ।
अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।”त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे।
तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउने छु।
तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ।
होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’
त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।