अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।”त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे।
Cross references
एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”
तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए।
यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने र्गथिन्। तिनीहरू हुल्दासित कुरा गरे।
नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए।
तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।
एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षकथिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए।
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।” म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।
तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको देखरेखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लग्यो, यसर्थ उनी आफ्ना मानिसहरूसंगै बसे।
तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो देख-रेख गर्ने छु। तर यदि तिमी मसँग आउँन चाहँदैनौ भने नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ।
जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।
यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।
अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसंग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।
तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।
त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिंड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।
त्यसर्थ ढुक्कसित भनौ“प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?”