Home Bibles यर्मिया 43:2 · नेपाली बाइबल
यर्मिया 43:2 · नेपाली बाइबल

होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’

Cross references

प्रस्थान 5:2

तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

प्रस्थान 9:17

तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं।

2 इतिहास 36:13

सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।

भजनसंग्रह 10:4

दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।

भजनसंग्रह 12:3

परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

भजनसंग्रह 119:21

हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।

भजनसंग्रह 123:4

मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु। हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति, म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।

हितोपदेश 6:17

आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

हितोपदेश 8:13

परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, कुटिल व्यवहार अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।

हितोपदेश 16:5

जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।

हितोपदेश 16:18

सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।

हितोपदेश 30:9

यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

यशैया 7:9

जबसम्म सामरिया एप्रैमको राजधानी अनि रमल्याको छोरा यसको शासक रहन्छ तिनीहरूको योजना सफल हुने छैन्। यदि तिमीले यो कुरा विश्वास गर्दैनौ भने तब मानिसहरूले तिमीलाई विश्वास गर्नेछैनन्।”

यशैया 9:8

मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ।

यशैया 9:9

एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।ती मानिसहरू अहिले एकदम अंहकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,

यर्मिया 5:12

“तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घटना घटने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’

यर्मिया 13:15

सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अंहकारी नहौ।

यर्मिया 40:8

यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।

यर्मिया 40:13

कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए।

यर्मिया 41:16

यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।

यर्मिया 42:1

तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूला दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए।

यर्मिया 43:1

यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।

हबकूक 2:4

यो समचारले ती मानिसहरुलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरुले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरुलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”

याकूब 4:6

तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

1 पत्रुस 5:5

हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।

Interlinear

Choose Theme