यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने र्गथिन्। तिनीहरू हुल्दासित कुरा गरे।
Cross references
त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।
त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्त्ता थिइन्।
येहूले भन्डारेलाई भने, “बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्याऊ।” यसकारण त्यस मानिसले बालका उपासकहरूका लागि बाहिरी पोशाक ल्यायो।
हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।
अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।
म तिमीलाई भन्दैछु, मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।
परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।
जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।
हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।
उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।
तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छ। तब उ शिर खौरेकी स्त्री जस्तै हुनेछ।