Home Bibles प्रेरित 27:3 · नेपाली बाइबल
प्रेरित 27:3 · नेपाली बाइबल

अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसंग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।

Cross references

उत्पत्ति 10:15

कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

उत्पत्ति 49:13

“जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”

यशैया 23:2

हे समुद्र नजिकका वासिन्दाहरू हो! तिमीहरू रोकिनु पर्छ र दुखी हुनु पर्छ। सोर “सीदोनका व्यापारी” थियो। त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो र ती मानिसहरू धनी भए।

यशैया 23:12

परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ। तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।” तर सोरका मानिसहरू भन्दछन्, “कित्तिमहरूले हामीलाई साथ दिनेछ!” तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।

जकरिया 9:2

यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।

मत्ती 11:21

येशूले भन्नुभयो, ‘ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए।

प्रेरित 12:20

हेरोदे टायर र सायडनवासीहरूसंग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

प्रेरित 24:23

फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु।पावल फेलिक्स र उहाँको पत्नीसंग बोल्दछन्।

प्रेरित 27:1

यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौ। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए।

प्रेरित 27:43

तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।

प्रेरित 28:16

त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

Interlinear

Choose Theme