परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
Cross references
तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”
“यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।
यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।
म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘
अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।
“यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख।
यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे।
त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।
यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।
“‘तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँचो ज्ञान बढ्नेछ।’
परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।
बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।
तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।
किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।
त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरुमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”
यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।