Home Bibles ☰ Books यर्मिया 35:6 · नेपाली बाइबल
यर्मिया 35:6 · नेपाली बाइबल

तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।

Cross references

उत्पत्ति 25:27

केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थयो।

उत्पत्ति 36:7

कनानमा हुँदा उनले यी सब चीजहर प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसंग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढदै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो।

प्रस्थान 20:12

तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

लेवी 10:9

“जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सँधै रहोस्।

लेवी 23:42

इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्।

गन्ती 6:2

“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।

न्यायकर्ता 13:7

तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।”‘

न्यायकर्ता 13:14

दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कड पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”

2 राजा 10:15

त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?”यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।”येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।”तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।

2 राजा 10:23

त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”

1 इतिहास 2:55

अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।

1 इतिहास 16:19

जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए, अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहे।

नहेम्याह 8:14

तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ,

भजनसंग्रह 105:12

परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू ससाना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।

Interlinear

Choose Theme