Home Bibles ☰ Books 2 राजा 10:23 · नेपाली बाइबल
2 राजा 10:23 · नेपाली बाइबल

त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।”

Cross references

मत्ती 13:30

फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘

मत्ती 13:41

मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।

मत्ती 25:32

उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँडनु हुनेछ। यो भेडा र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।

Interlinear

Choose Theme