Home Bibles ☰ Books यर्मिया 35:7 · नेपाली बाइबल
यर्मिया 35:7 · नेपाली बाइबल

उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’

Cross references

उत्पत्ति 25:27

केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थयो।

प्रस्थान 20:12

तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

लेवी 23:42

इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्।

नहेम्याह 8:14

तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ,

यर्मिया 35:10

हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ।

एफिसी 5:18

दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

एफिसी 6:2

शास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।”यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ।

हिब्रू 11:9

परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।

1 पत्रुस 2:11

प्रिय मित्रहरु, तिमीहरु यो संसारमा प्रवासी अनि परदेशीहरु हौ। यसर्थ तिमीहरुलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरुदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरु तिमीहरुका आत्माको विरुद्ध जुझ्छन्।

Interlinear

Choose Theme