Home Bibles न्यायकर्ता 13:14 · नेपाली बाइबल
न्यायकर्ता 13:14 · नेपाली बाइबल

दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कड पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”

Cross references

गन्ती 6:2

“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।

गन्ती 6:4

जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।

व्यवस्था 12:32

“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

न्यायकर्ता 13:4

कुनै दाखरस वा अरू कुनै कड पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्धछ।

न्यायकर्ता 13:7

तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।”‘

मत्ती 28:20

जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

यूहन्ना 2:5

येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”

यूहन्ना 15:14

तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।

2 थिस्सलोनिकी 3:4

हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ।

Interlinear

Choose Theme