Home Bibles यर्मिया 33:22 · नेपाली बाइबल
यर्मिया 33:22 · नेपाली बाइबल

तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

Cross references

उत्पत्ति 13:16

म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।

उत्पत्ति 15:5

त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”

उत्पत्ति 22:17

म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।

उत्पत्ति 28:14

तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।

भजनसंग्रह 22:30

अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा सर्वदा उहाँको विषयमा भन्ने छन्।

भजनसंग्रह 89:3

तपाईंले भन्‍नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:

भजनसंग्रह 89:29

त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।

यशैया 53:10

परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।

यशैया 66:21

म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु। परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।नयाँ आकाशहरू र नयाँ पृथ्वी

यर्मिया 31:37

परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।

इजकिएल 37:24

“‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्।

इजकिएल 44:15

“सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरूद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

होशे 1:10

“भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’

जकरिया 12:8

तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।

हिब्रू 11:12

उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।

प्रकाश 7:9

त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।

Interlinear

Choose Theme