Home Bibles ☰ Books यर्मिया 33:21 · नेपाली बाइबल
यर्मिया 33:21 · नेपाली बाइबल

तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैन र लेवीका परिवारबाट पूजाहारी हुनेछैन।

Cross references

2 शमूएल 23:5

परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैंको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।

2 इतिहास 7:18

तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पिता सँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’

2 इतिहास 21:7

तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।

भजनसंग्रह 89:34

म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्‍केको वचन बद्‌लनेछैनँ।

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

भजनसंग्रह 132:11

परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।

भजनसंग्रह 132:17

म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु।

यशैया 9:6

कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”

यशैया 55:3

मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

यशैया 66:22

“म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।

यर्मिया 33:18

अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”

दानियल 7:14

“एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।

मत्ती 24:35

आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;

लूका 1:32

उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

लूका 1:69

परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।

Interlinear

Choose Theme