परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।
Cross references
अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ? यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
तपाईंको कृपा सदाको निम्ति दृढ़ रहिरहनेछ, र स्वर्गमा नै तपाईंले आफ्नो विश्वस्तता स्थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?
कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।
परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”
हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”
“यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।”
परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”
तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।
अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः“उद्धारक सियोनबाट आउनु हुनेछ, उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ