Home Bibles ☰ Books यर्मिया 26:2 · नेपाली बाइबल
यर्मिया 26:2 · नेपाली बाइबल

परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।

Cross references

व्यवस्था 4:2

मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

व्यवस्था 12:32

“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

यहोशू 8:35

इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।

2 इतिहास 24:20

परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘

यशैया 58:1

तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।

यर्मिया 1:7

तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।

यर्मिया 1:17

यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।

यर्मिया 7:2

यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर“हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन।

यर्मिया 19:14

तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने

यर्मिया 23:28

पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।

यर्मिया 25:2

यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भने

यर्मिया 28:5

तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए।

यर्मिया 36:10

त्यसबेला, बारूकले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेरूवाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेरूवा पढे। गमर्याह एकजना सचिव थिए।

Interlinear

Choose Theme