Home Bibles व्यवस्था 12:32 · नेपाली बाइबल
व्यवस्था 12:32 · नेपाली बाइबल

“मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

Cross references

व्यवस्था 4:2

मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

व्यवस्था 13:18

यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।

व्यवस्था 19:9

यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ।

यहोशू 1:7

तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंलेउसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुसरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्।

2 राजा 17:37

तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सँधै हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।

हितोपदेश 30:6

यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।

मत्ती 28:20

जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।” 

प्रकाश 22:18

म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरु सुन्छ यदि कुनै मानिसले यी वचनहरुमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरु दिनु हुनेछ।

Interlinear

Choose Theme