तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
Cross references
कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।
यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए।
तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।
तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो।