Home Bibles यर्मिया 26:1 · नेपाली बाइबल
यर्मिया 26:1 · नेपाली बाइबल

योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।

Cross references

2 राजा 23:34

फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेको एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।

1 इतिहास 3:15

यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

2 इतिहास 36:4

नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।

यर्मिया 1:3

योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।

यर्मिया 25:1

यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।

यर्मिया 27:1

यहूदामा सिदकियाहको शासनकालको चौथो वर्षमापरमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए।

यर्मिया 35:1

योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो

यर्मिया 36:1

योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो

Interlinear

Choose Theme