Home Bibles व्यवस्था 6:18 · नेपाली बाइबल
व्यवस्था 6:18 · नेपाली बाइबल

तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ।

Cross references

प्रस्थान 15:26

परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

व्यवस्था 4:40

आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”

व्यवस्था 5:29

म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।

व्यवस्था 5:33

यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।

व्यवस्था 6:10

“परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।

व्यवस्था 8:11

“सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर।

व्यवस्था 12:25

परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।

व्यवस्था 12:28

आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।

व्यवस्था 13:18

यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।

भजनसंग्रह 19:11

परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।

यशैया 3:10

धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।

इजकिएल 18:5

“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ।

इजकिएल 18:19

“तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण उ बाँचिरहन्छ।

इजकिएल 18:21

“यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ।

इजकिएल 18:27

यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ!

इजकिएल 33:14

“अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि उ मर्छ। तर उसले आफ्नो जीवन बदलि गर्न सक्छ। उसले पाप गर्न छोडन सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ।

इजकिएल 33:16

बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिन। किन? किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!

इजकिएल 33:19

अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ।

होशे 14:9

यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाच्छन। पापीहरू तिनीहरूद्वारा मर्छन्।

यूहन्ना 8:29

परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ। म सधैं त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”

रोमी 12:2

सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफै परमेश्वरको इच्छा पत्तो लाउन सर्मथ हुने छौ।

Interlinear

Choose Theme