येशूले टाढामा एउटा अञ्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अञ्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अञ्जीरको फल फल्ने समय थिएन।
Cross references
नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।”यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।
त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफै फैलिएको हो भनेर जान्नुपर्यो।”
सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहूदाको मानिस हो।परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।
उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मदत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।
“पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।
येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।