सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।”
Cross references
दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन। त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।
तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”
परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखालीदिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ।
त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदीलाई डुबाउनेछ।“इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउञ्जेल फैलिनेछ।”
त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।
अरीएल मैले तिम्रो वरिपरि सैनिकहरू तैनाथ पारें र राखें। मैले तिम्रो विरूद्ध विशाल युद्ध आह्वान गरें तिमी पराजित भयौ।
एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।
सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”
“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।
सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछन “सियोनका मानिसहरूलाई बताऊ हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउउनु हुँदैछ।”
तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।
हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ, उहाँले कसरी इस्राएलको गौरवलाई, आकाशदेखि भूँईमा खसाल्नु भएकोछ! परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्राएलमा राखिएको पाउदानलाईपर्वाह गर्नु भएन।
परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।
परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किन? किनकि म आउँदैछु अनि तिमीहरुको बिचमा रहनेछु।
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ।
हे सियोन शहरनडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।”