अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।”किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?
Cross references
त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।
“याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)
तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।
हे मूल प्रवेश-द्वारहरू। आफ्ना टाउकाहरू उठाऊ! सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा आउनु हुनेछ।
सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
तिम्रो घाँटी दाऊदको किल्ला झैं लामो अनि पातलो छ, त्यो किल्ला सजाउनको निम्ति बनाएका हजारौं ढालहरू यसको भित्ताहरूमा शक्तिशाली सेनाहरूसँग छन्।
न्यायकर्त्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसंग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”
मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा सर्वदाका निम्ति त्यो कायम रहने छ।’