मानिसहरूले सामरीकी त्यस स्त्रीलाई भने, “प्रथम हामीले तिमीले जे भन्यौ त्यसको कारणले गर्दा येशूमाथि विश्वास गरयौ। तर अब हामीले आफ्नो लागि जे सुनेका छौं त्यही कारणले विश्वास गर्छौं। हामीले अब बुझन थाल्यौं कि उहाँ मात्र एक त्यस्तो मानिस हुनुहुन्छ जसद्वारा यो संसार बाँच्न सक्छ।”
Cross references
टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।
परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।
तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
“मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसंग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ।
“एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ।
येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो।
मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो।
येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”
एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।
हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, उ लज्जित हुने छैन।”
मेरो भन्नुको तात्पर्य संसार र आफू माझा शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूक निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नु हामीलाई यो शान्ति समाचार दिनु भयो।
त्यसैको निम्ति हामी परिश्रम र संर्घष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरुमा गवाही दिन्छौ।
अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।