अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्
Cross references
तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।
तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।
प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”
यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरीभनिनेछ।”
‘म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।
यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो”
येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, “म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”
त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।
अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?”
तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’
जब सम्म म तिनीहरूसंग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफै छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।
उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”
यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”
परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो।
यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो।
परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरु शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरु पूर्ण नहुञ्जेल सम्म तिनीहरुले शासन गर्नेछन्।