Home Bibles यशैया 41:29 · नेपाली बाइबल
यशैया 41:29 · नेपाली बाइबल

ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।

Cross references

1 शमूएल 12:21

देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गरन सक्छन्। तिनीहरू केहि होइनन्।

भजनसंग्रह 96:5

अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर परमेश्वरले स्वर्ग बनाउनुभयो।

भजनसंग्रह 115:4

ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्। तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।

भजनसंग्रह 135:15

अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।

यशैया 41:24

“हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”

यशैया 44:9

केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन् - तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।

यशैया 46:7

ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई संकटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्।

यर्मिया 5:13

झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।”

यर्मिया 10:2

परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।

हबकूक 2:18

उसका झुटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ।यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन।

जकरिया 10:2

मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिंड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।

Interlinear

Choose Theme