अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
Cross references
आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
परमप्रभु स्वर्गमा हुनुहुन्छ, अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्!
अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।
ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।
परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।
तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”
बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।
अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जंगलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकारमा बनाँउछ।
परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘
मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।
तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ!सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।
यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ।