Home Bibles यर्मिया 10:2 · नेपाली बाइबल
यर्मिया 10:2 · नेपाली बाइबल

परमप्रभुले यही भन्नुहुन्छ“अन्य जातिहरूबाट आएका मानिसहरू जस्तै नबाँच्। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।

Cross references

लेवी 18:3

बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।

लेवी 20:23

म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।

व्यवस्था 12:30

त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूठो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’

व्यवस्था 18:9

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक।

यशैया 47:12

तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

इजकिएल 20:32

तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि दुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।”‘

लूका 21:25

“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।

Interlinear

Choose Theme