Home Bibles ☰ Books यशैया 37:16 · नेपाली बाइबल
यशैया 37:16 · नेपाली बाइबल

“हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो।

Cross references

उत्पत्ति 1:1

आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

प्रस्थान 25:22

जब म तिमीलाई भेटछु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

व्यवस्था 10:17

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।

1 शमूएल 4:4

त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।

2 शमूएल 7:26

तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’

1 राजा 8:6

तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।

1 राजा 18:32

एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरो थियो।

2 राजा 5:15

नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”

भजनसंग्रह 46:7

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 46:11

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 80:1

हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।

भजनसंग्रह 86:10

हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।

भजनसंग्रह 99:1

परमप्रभु नै राजा हुनुहुन्छ। यसैले सारा जातिहरू डरले काम्छन्। परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। यसैले सारा संसार डरले काम्दछ।

Interlinear

Choose Theme