Home Bibles 2 राजा 5:15 · नेपाली बाइबल
2 राजा 5:15 · नेपाली बाइबल

नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”

Cross references

उत्पत्ति 33:11

यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।

यहोशू 2:9

राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

यहोशू 9:9

ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ।

यहोशू 9:24

गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।

1 शमूएल 17:46

आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।

1 शमूएल 25:27

मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।

1 राजा 13:7

तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”

1 राजा 18:36

यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।

2 राजा 5:8

परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”

2 राजा 19:19

यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”

यशैया 43:10

परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।

यशैया 44:6

परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।

यशैया 44:8

तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”

यशैया 45:6

यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।

यर्मिया 10:10

तर परमप्रभु चाँहि साँचो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।

यर्मिया 16:19

हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”

दानियल 2:47

राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”

दानियल 3:29

अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”

दानियल 4:34

तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिए मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।परमेश्वरले सदा सर्वदा शासन गर्नुहुन्छ। उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।

दानियल 6:26

म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गरून्। दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, उहाँ सदा-सर्वदा जीउनु हुन्छ अनि उहाँको राज्य कहिलै अन्त हुनेछैन।

लूका 17:15

जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।

रोमी 10:10

हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।

2 कोरिन्थी 9:5

त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।

Interlinear

Choose Theme