अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले ध्वंश पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ होइन!
Cross references
पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।
के अर्कै राष्ट्रका देवताहरूमध्ये कसैले अश्शूरका राजाबाट उनको देशलाई बचाउन सक्यो? सकेन!
“मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन्। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैनन्। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई ध्वंश गर्ने योजना मात्र गर्दछ।
के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?”
हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? होइन।
हे परमप्रभु! यो सत्य हो, अश्शूरका राजाहरूले जम्मै जातिहरू नाश गरे।
यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।
निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरु निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरु सबैले ताली बजाउँछन्। उनीहरु सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरु सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरुले उनीहरुलाई सधैं दुःख दिने गर्थ्यौ।