Home Bibles 2 राजा 18:5 · नेपाली बाइबल
2 राजा 18:5 · नेपाली बाइबल

हिजकियाहले परमप्रभु इस्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदाका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।

Cross references

2 राजा 18:19

सेनापतिहरूमध्ये एक जनाले उनीहरूलाई भने, “अश्शूका राजा, महाराजले जे भनेका छन्, हिजकियाहलाई भनः तिमी केमाथि विश्वास गर्दछौ?

2 राजा 19:10

यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”

2 राजा 19:15

हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर,त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।

2 राजा 23:25

योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुसरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।

2 इतिहास 14:11

आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”

2 इतिहास 16:7

त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।

2 इतिहास 20:20

यहोशापातका सेनाहरू बिहानै तको मरूभूमि तिर गए। तिनीहरू जसै हिंडन थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”

2 इतिहास 20:35

पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।

2 इतिहास 32:7

तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “दृढ अनि साहसी बन। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा सूर्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ।

2 इतिहास 32:8

अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।

अय्यूब 13:15

हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।

भजनसंग्रह 13:5

हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

भजनसंग्रह 27:1

हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।

भजनसंग्रह 46:1

परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।

भजनसंग्रह 84:12

हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।

भजनसंग्रह 146:5

तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

यर्मिया 17:7

त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।

मत्ती 27:43

उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”

एफिसी 1:12

ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।

Interlinear

Choose Theme