Home Bibles यशैया 5:24 · नेपाली बाइबल
यशैया 5:24 · नेपाली बाइबल

तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।

Cross references

प्रस्थान 5:12

यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।

प्रस्थान 15:7

आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो।

व्यवस्था 28:24

परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिञ्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।

1 शमूएल 15:23

आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

1 शमूएल 15:26

तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”

2 शमूएल 12:9

यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?

2 राजा 17:14

तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन्

नहेम्याह 9:26

तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।

अय्यूब 8:17

त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।

अय्यूब 18:16

उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।

भजनसंग्रह 50:17

यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?

यशैया 8:6

“ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।

यशैया 9:14

तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।

यशैया 9:17

सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसंग परमप्रभु प्रसन्न हुनुहुन्न्। अनि तिनीहरूका विधवाहरू र टुहरा-टुहरीहरूप्रति परमप्रभु दया दर्शाउनु हुन्न। किन? किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसंग रिसाएको रहेकै हुनुहुन्छ। परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।

यशैया 30:9

यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्।

यशैया 30:12

इस्राएलका परमपवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ।

यशैया 47:14

“तर ती मानिसहरूले आफैलाई सम्म बचाउन सक्तैन। तिनीहरू पराल जस्तो जल्नेछन्। तिनीहरू यति चाँडो जल्नेछन कि कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।

यर्मिया 6:19

हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन् अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन् अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”

यर्मिया 8:9

‘ज्ञानी मानिसहरूले’ परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा ‘ज्ञानी मानिसहरू’ होइनन्। ती ‘ज्ञानी मानिसहरूलाई’ जालमा फसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्।

इजकिएल 15:6

यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।

होशे 5:12

अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।

होशे 9:16

एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।

योएल 2:5

तिनीहरुलाई सुन! तिनीहरुको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरु युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

आमोस 2:4

परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्नअस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।

आमोस 2:9

तर मैले एमोरीहरुलाई तिनीहरुको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरु माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंश गरिदिंए।

नहूम 1:10

भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।

मलाकी 4:1

“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

मत्ती 3:12

उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

लूका 3:17

उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”

लूका 7:30

तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।

लूका 10:16

“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”

यूहन्ना 12:48

जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।

प्रेरित 13:41

‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर किनभने तिमीहरूको अवधिमा म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!”

1 कोरिन्थी 3:12

त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।

1 थिस्सलोनिकी 4:8

यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

हिब्रू 10:28

यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।

Interlinear

Choose Theme