Home Bibles यशैया 23:4 · नेपाली बाइबल
यशैया 23:4 · नेपाली बाइबल

सीदोन, तिमी अत्यन्त दुखीत हुनुपर्नेछ। किन? किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ,‘मेरा नानीहरू छैनन्। मसित प्रसव पीडाको अनुभव छैन। मैले नानीहरूलाई जन्म दिएको छैन। मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।’

Cross references

उत्पत्ति 10:15

कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

उत्पत्ति 10:19

कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।

यर्मिया 47:3

तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।

इजकिएल 26:3

यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरूद्धमा छु! म तिम्रो विरूद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँनेछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँनेछ।”

इजकिएल 28:21

“हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन।

होशे 9:11

इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ।

प्रकाश 18:23

तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।

Interlinear

Choose Theme