Home Bibles उत्पत्ति 10:19 · नेपाली बाइबल
उत्पत्ति 10:19 · नेपाली बाइबल

कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।

Cross references

उत्पत्ति 13:10

लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)

उत्पत्ति 14:2

यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।

उत्पत्ति 15:18

यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।

उत्पत्ति 18:20

तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्।

उत्पत्ति 19:24

त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।

उत्पत्ति 20:1

अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ।

उत्पत्ति 26:1

एकपल्ट त्यहाँ अनिकाल भयो। यो अनिकाल पनि त्यस्तै प्रकारको थियो जुन अब्राहामको समयमा भएको थियो। यसर्थ इसहाक गरार शहरमा पलिश्ती राजा अबीमेलेककहाँ गए।

गन्ती 34:2

“इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।

व्यवस्था 2:23

कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।

व्यवस्था 32:8

सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।

यहोशू 12:7

यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो।

यहोशू 14:1

पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।

न्यायकर्ता 6:4

ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेड, वा गाइ-बस्तु वा गधाहरू पनि छाडेनन्।

न्यायकर्ता 16:1

एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए।

1 शमूएल 13:18

दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरूभूमि तर्फ फैलिएर गएको थियो।

2 इतिहास 14:12

तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।

अय्यूब 38:20

अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ? के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?

यशैया 23:11

परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई राज्यहरू भेला गर्नुभयो। परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ ध्वंस पार्नलाई आज्ञा गर्नुभयो।

यर्मिया 25:20

अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै

होशे 11:8

“हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु। म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। म आफ्नो मन बद्ली रहेछु, तिमीप्रति दयाले मन पग्लिरहेछ।

Interlinear

Choose Theme