Home Bibles ☰ Books यशैया 23:3 · नेपाली बाइबल
यशैया 23:3 · नेपाली बाइबल

ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे। ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन् जुन नील नदी छेउमा उब्जन्थ्यो र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।

Cross references

व्यवस्था 11:10

जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।

1 इतिहास 13:5

यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।

यशैया 19:7

सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।

यशैया 23:8

सोर शहरले धैरे अगुवाहरू जन्मायो। त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्। मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो। यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो?

यशैया 32:20

तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरू र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिमीहरू एकदम खुशी हुनेछौ।

यर्मिया 2:18

यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?

इजकिएल 27:3

टायरको विषयमा यसो भन“‘टायर, तिमी समुद्रको द्वार हौं। तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ, समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।’ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ। तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।

इजकिएल 27:33

तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!

इजकिएल 28:4

आफ्नो बुद्धि र ज्ञानबाट तिमीले सम्पत्ति कमायौं अनि तिमीले आफ्नो भण्डारमा सुन-चाँदी राख्यौं।

योएल 3:5

तिमीहरुले मेरो सुन र चाँदी चोर्यौ। मेरोबहुमूल्य रत्नहरु चोरेर तिमीहरुले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।

प्रकाश 18:11

“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।

Interlinear

Choose Theme