हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ। सानो नदी सम्झेर समुद्र पार गर, अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।
Cross references
शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।
परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ। उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
यसैले, दुखी बन, तर्शीशबाट - आएका जहाजहरू तिमीहरूका सुरक्षाको ठाउँ अर्थात सोर ध्वंस हुनेछ।
छोरी, सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।
अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।
जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।