Home Bibles यशैया 10:28 · नेपाली बाइबल
यशैया 10:28 · नेपाली बाइबल

सेनाहरू अय्यातनजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।

Cross references

यहोशू 7:2

यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।

न्यायकर्ता 18:21

त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।

1 शमूएल 13:2

तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।

1 शमूएल 13:5

पलिश्तीहरू इस्राएलसित लडनलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)

1 शमूएल 13:23

पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।

1 शमूएल 14:2

शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।

1 शमूएल 14:5

एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।

1 शमूएल 14:31

त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए।

1 शमूएल 17:22

दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।

नहेम्याह 11:31

बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे।

यशैया 8:8

त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदीलाई डुबाउनेछ।“इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउञ्जेल फैलिनेछ।”

मीका 1:9

सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।

Interlinear

Choose Theme