Home Bibles ☰ Books यशैया 22:6 · नेपाली बाइबल
यशैया 22:6 · नेपाली बाइबल

एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्।

Cross references

उत्पत्ति 10:22

शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

2 राजा 16:9

अश्शूरका राजाले आहाजको कुरा सुने। अश्शूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाएर किर लगे र उनले रसीनलाई पनि मारे।

यशैया 11:11

त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)

यशैया 15:1

यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।

यशैया 21:2

मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।

यर्मिया 49:35

सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हेर, म एलामको धनु भाँचिदिनेछु। धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो।

आमोस 1:5

“म दमीशकका बलिया ढोकाहरु पनि भाँचिदिनेछु। र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाईपनि नष्ट पारिदिन्छु। अरामका मानिसहरु पराजित हुनेछन्। अनि उनिहरुलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।

आमोस 9:7

परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनिअरामीहरुलाई कोरबाट।”

Interlinear

Choose Theme