विगतमा, यो शहर अत्यन्त व्यस्त थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्।
Cross references
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ। त्यो शहर शुरूदेखि नै बढिरहेकोछ। त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।
मेरा मानिसका जमीनका लागि डाँको छोडेर रूनु। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।
यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ “उनी यस शहर भित्र आउने छैनन् उनले यस शहरमा काँड हान्ने छैनन्। उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन् उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।
त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।
यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’
चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।
हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।
एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।