Home Bibles ☰ Books यर्मिया 38:2 · नेपाली बाइबल
यर्मिया 38:2 · नेपाली बाइबल

“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

Cross references

यर्मिया 21:8

“यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन। परमप्रभुले भन्नुहुन्छ ‘मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।

यर्मिया 21:9

ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।

यर्मिया 24:8

“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।

यर्मिया 27:13

यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो।

यर्मिया 29:18

म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्दनेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।

यर्मिया 34:17

“यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।

यर्मिया 38:17

तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।

यर्मिया 39:18

तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।”‘ यो सन्देश परमप्रभुको हो।

यर्मिया 42:17

प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’

यर्मिया 42:22

यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मार्नेछौ।”

यर्मिया 44:13

जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु।

यर्मिया 45:5

परमप्रभुले भन्नुभयो, बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।”‘

इजकिएल 5:12

तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।

इजकिएल 6:11

तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठटाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेताउनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ।

Interlinear

Choose Theme